दफा ११
विभागीय कारबाही र सजायको कार्यविधि र पुनरावेदन
(१) दफा ९ बमोजिम विभागीय सजाय गर्ने अधिकारीले कुनै प्रहरी कर्मचारीलाई बर्खास्त गर्ने, सेवाबाट हटाउने, दर्जा वा तलब घटाउने आदेश दिंदा सो गर्नाको आधार सहितको अभियोग, सो बारे जाँचबुझ गरेको व्यहोरा, निजलाई सफाइको मौका दिइएकोमा निजको सफाइको जिकीर
र सो जिकीरबमोजिम थप केही बुझिएको भए सो समेत बारे आफ्नो ठहर लेखी र सफाइको मौका नदिएकोमा सो दिन मनासिब नपरेको अवस्था देखाई व्यहोरा खुलाइएको पर्चा समेत खडा गरी सही गरी मिसिल सामेल राख्नु पर्छ ।
(२) दफा ९ अन्तर्गत दिइएको विभागीय सजायको जुनसुकै आदेश उपर तोकिएबमोजिमको अधिकारी समक्ष पुनरावेदन लाग्नेछ । तर दफा ९ को उपदफा (४) को खण्ड (ख) अन्तर्गत भएको सजाय उपर पुनरावेदन लाग्ने छैन ।